लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Sagarmatha Post
Sagarmatha Post १० मंसिर २०८१, सोमबार
2 Min Read
Aa

धनकुटा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएसँगै धनकुटामा पनि प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा विभिन्न स्थानीय सङ्घसंस्थाहरू सँगको समन्वयमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको हो। धनकुटाको टुँडिखेलबाट सुरु भएको प्रभातफेरी, तल्लो कोप्चे, बिहिबारे हटिया, माथिल्लो कोप्चे हुँदै भिमनाराण चोक, सिरानबजार, बीचबजार, हुलाकटोल हुँदै मदनचोकमा आएर कोणसभामा परिणत भएर अन्त्य भएको थियो।

प्रभातफेरीमा अन्तर पार्टी महिला सञ्जाल, महिला पुरस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेष्ट नेपाल लगायत जिल्लामा रहेका विभिन्न सरकारी ता गैर सरकारी संस्थाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राईले महिलाहरू माथि हुने जस्तो सुकै दुर्व्यवहार रोकथामका लागी राज्य चनाखो हुनुपर्ने बताउनु भयो। महिलाहरूलाई सक्षम बनाई जस्तोसुकै समस्या आएपनि त्यसलाई समाधान गर्न सक्ने बनाउनुपर्ने उहाँको भनाइ छ। उहाँले महिलाहरूलाई सुरक्षित हुन कस्ता खालका कानुन बनाउनुपर्छ त्यसका लागि काम गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

‘‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो। लैङ्गिक हिंसा अन्त्य गर्न आजैबाट कदम चालौँ, लैङ्गिक हिंसाको: रोकथाम सभ्य समाजको पहिचान, हिंसा र भेदभाव रहित परिवार, शान्ति र उन्नतिको आधार, बलात्कार, हत्या हिंसा अन्त्य गरौँ, हिंसामुक्त सभ्य समाज निर्माण गरौँ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरिएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्