राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

Sagarmatha Post
Sagarmatha Post ११ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं  । सहकारी ठगी, संठगित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइँदैछ। उनलाई बिहान ९ : ३० को बुद्ध एयरको उडानमार्फत् काठमाडौं ल्याउन लागेको छ। काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइन लागेको हो। यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा संलग्न देखिएको भन्दै रूपन्देही पनि लगिएको थियो। त्यहाँ दुई दिन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि उनलाई बुटवल नै फर्काइएको थियो।

सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ परेका थिए। प्रहरीले उनीमाथि पाँच पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। पछिल्लोपटक उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप भएको छ। रवि लामिछानेविरूद्ध चितवनको सहारा बचत तथा ऋण सहकारीको निक्षेप दुरूपयोगमा संलग्न भएको भन्दै त्यहाँबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्