गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका सिडिओलाई सोधे स्पष्टीकरण

Sagarmatha Post
Sagarmatha Post १२ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग सोधपुछ गरेका छन्। सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्री लेखकले मंगलबार स्पष्टीकरण सोधेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर ७ गते महोत्तरी प्रशासनका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

यही विषयमा प्रमुख जिल्ला अधिकारी कवारीलाई गृहमन्त्री लेखकले चेतावनी दिएको मन्त्रालय स्रोतको भनाइ छ। त्यस्तै पर्साका अर्यालले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोध्नुपरेको मन्त्रालय स्रोतको भनाइ छ। कात्तिक ३० गते सिडिओले एक कार्यक्रममा सुत्केरीको मृत्यु भएको घटनामा चिकित्सकलाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए। उनले आफू भए अस्पतालमा नै आगजनी गर्नेजस्ता अभिव्यक्ति दिएको भन्दै मंसिर ३ गते नेपाल चिकित्सक संघले गृहमन्त्री लेखकलाई भेटेर ध्यानाकर्षण गराएका थिए। यीलगायत विषयमाथि मन्त्री लेखकले उनीसँग मौखिक स्पष्टीकरण लिएका हुन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्