तारकेश्वरमा बन्ने भयो नेपालकै पहिलो जेष्ठ नागरिक विद्यालय, शिलान्यास स्थलमै पुगेर जेष्ठनागरिकले गरे नगरपालिकाको प्रशंसा

Sagarmatha Post
Sagarmatha Post १३ मंसिर २०८१, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १३ । तारकेश्वर नगरपालिकामा नेपालकै पहिलो जेष्ठ नागरिक विद्यालय निर्माण हुने भएको छ ।
संघिय सरकारको ससर्त अनुदानमा तारकेश्वर नगरपालिकाले वडा नं ६ पैयुटार स्थीत बंगलामुखी मन्दीर परिसरमा जेष्ठ नागरिक विद्यालय निर्माण गर्न लागेको हो । भबन निर्माण स्थलमा आज विहान तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले हिन्दु परम्परा अनुसार जगमा पुजा गरेर भबनको शिलान्यास गर्नुभयो ।
जेष्ठ नागरिक विद्यालयमा आउन चाहने तारकेश्वरबासी जेष्ठ नागरिकहरुलाई स्कुलका विद्यार्थी जस्तै जेष्ठ नागरिक विद्यालयको बसले बिहान १० बजे घरमा लिन जाने र साँझ घर–घरमा छाडन जानेछ ।
भबन शिलान्यास पछि प्रतिकृया दिंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले जेष्ठ नागरिक विद्यालयमा जेष्ठ नागरिकहरुको ज्ञान, सिप र अनुभबहरुको आदानप्रदान तथा योग,ध्यान, धार्मिक क्रियाकलाप र स्वास्थ्य जाँच जस्ता स्वास्थ्य सुधारका कार्यक्रमहरु हुने बताउनुभयो ।
नगरप्रमुख महर्जनले भन्नुभयो “जेष्ठ नागरिक आमा–बुबाहरूलाई नयाँ सीप जस्तै डिजिटल शिक्षा, स्वास्थ्य सचेतना सिकाएर दैनिक जीवन सजिलो बनाउने र एक्लोपन हटाउन र बाल्यकाल देखि जिवनका युवा अवस्थाका अनुभव साथीभाइसँग समय बिताउन सहयोग गर्न यस बिधालयले महत्व भुमिका निर्वाह गर्नेछ”
नगरप्रमुख महर्जनले जेष्ठ नागरिक स्कुलले व्यक्तिगत र सामाजिक रूपमा जेष्ठ नागरिक बुबा–आमाहरुको जीवनस्तर सुधार गर्न मात्र नभई समाजलाई पनि सम्मान, सहयोग, र एकताको पाठ सिकाउन तथा सुधार गर्न बिधालयले महत्व भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जेष्ठ नागरिक विद्यालय भबन चाँडै निर्माण हुने बताँउदै विद्यालयले जेष्ठ नागरिक बुबा–आमाको शारीरिक, मानसिक, र सामाजिक जीवनलाई सुधार गर्न ठुलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, कार्यपालिका सदस्य अन्जु बस्नेत, वडा सदस्य रामचन्द्र घिमिरे, तारकेश्वर नगरपालिकाका कर्मचारीहरु, प्राविधिकहरु, जेष्ठनागरिक सम्बन्धी संस्थाका सदस्य तथा पदाधीकारीहरु र नगरवासीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुले परम्परागत खैचडी भजन समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर जेष्ठ नागरिक समाजका अध्यक्ष बिरेन्द्र थपलियाले तारकेश्वर नगरपालिकाले जेष्ठ नागरिक विद्यालय निर्माणले नमुना कार्यक्रम गरेको बताँउदै यसले देशैभर सकारात्मक सन्देश दिएको बताउनुभयो ।
अध्यक्ष थपलियाले जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभब र उर्जा लिनको लागि राज्य पछि परिरहेको अवस्थामा तारकेश्वर नगरपालिकाले देशैभरमा जेष्ठ नागरिक विद्यालयको निर्माण गरेर यसको सुरुवात हुनु निकै उपलव्धीपुर्ण रहेको बताउनुभयो ।
पुरानो गुहेश्वरी खैचडी भजनका अध्यक्ष रामप्रसाद थपलियाले तारकेश्वरमा जेष्ठनागरिक विद्यालय बन्नु ठुलो उपलव्धी रहेको बताँउदै नगरप्रमुख कृष्ण हरि महर्जन सहित नगरपालिका परिवारलाई धन्यवात दिनुभयो ।
शिलान्यास स्थलमा आउनु भएका तारकेश्वर ४ निवासी बिष्णुहरी रिमालले जेष्ठ नागरिक विद्यालय अस्पताल बन्नु जेष्ठ नागरिकहरुको लागि खुसीको कुरा रहेको बताँउदै बिद्यालय जस्तै सम्पुर्ण जेष्ठ नागरिकहरुले निशुल्क उपचार पाउने गरी जेष्ठ नागरिक अस्पताल निर्माण भएमा अझै ठुलो राहत मिल्ने बताउनुभयो ।

May be an image of 14 people and people standing
नेपालको राष्ट्रिय जनगणना–२०७८ अनुसार देशैभर ज्येष्ठ नागरिकको जनसङ्ख्या २९ लाख ७७ हजार ३ सय १८ अर्थात् कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छ ।
जेष्ठ नागरिक विद्यालय करिब १६ रोपनी क्षेत्रफल भित्र युनिर्भसल डिजाइनमा ४ वटा भबन निर्माण हुनेछन् । जस मध्य ३ वटा आरसिसी भबन र एउटा कंक्रीटको भबन बन्ने छ । जेष्ठनागरिक विद्यालय युनिर्भसल डिजाइनमा पुर्ण अपांगतामैत्री भबन बन्नेछन् । कंक्रीटको निर्माण हुने दुईतले भबनको आज शिलान्यास गरिएको हो । भबनको सृजन कन्ट्रक्सन एण्ड कम्पनी प्रा.लिले कुल ८५ लाख २२ हजार ४ सय १७ रुपयाँमा निर्माण गर्ने गरि नगरपालिकासंग ठेक्का सम्झौता समेत गरिसकेको छ । भबनको युवा इन्जीनियर सबिन महर्जनले डिपिआरको काम पुरा गर्नुभएको हो ।

May be an image of 6 people

May be an image of 4 people

May be an image of 6 people

May be an image of 5 people

fgfgf

 

tyty

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्