स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी

Sagarmatha Post
Sagarmatha Post १६ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म २ सय ७६ जनाले मतदान गरेका छन् । बिहान ७ बजे देखि ९ :०५ बजे सम्म २ सय ७६ मत खसेको छ ।  सुर्मा माध्यमिक विद्यालयमा भइरहेको मतदानमा क र ख गरि २ मतदान स्थल रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्