रोल्पा, रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पर्खाल भत्किएर पुरिँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताए । दुई महिला र दुई पुरूषको शव निकालिएको प्रहरीको भनाइ छ । मृतकहरूको पहिचान हुन बाँकी छ ।
रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पर्खाल भत्किएर पुरिँदा चार जनाको मृत्यु, एक जना बेपत्ता


प्रतिक्रिया दिनुहोस्