कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

Sagarmatha Post
Sagarmatha Post १७ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ । जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा सरकारको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले पाउनुभएको  हाे।

राष्ट्रपति पौडेलले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।चीन सरकारको निमन्त्रणामा चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली मङ्सिर २० गते नेपाल फर्कनु हुने कार्यक्रम रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्