तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु हुंदै, यसरी गरिदै छ भव्य उदघाटन्

Sagarmatha Post
Sagarmatha Post १८ मंसिर २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १८ । “खेल तारकेश्वरको : सन्देश एकताको” भन्ने मुल नाराका साथ आज देखि तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु हुंदैछ । तारकेश्वर नगरपालिकाको शिक्षा समितिको आयोजनामा हुन लागेको प्रतियोगिता मंसिर १८ गते देखि २५ गते सम्म सञ्चालन हुने छ । ८ दिधाका बिभिन्न इभेन्टहरुमा सामुदायिक र संस्थागत गरि ५३ विद्यालयहरुबाट ३४५४ खेलाडीहरुको सहभागीता रहनेछ । जुन तारकेश्वर नगरपालिकाको खेल इतिहाँसमा सबै भन्दा बढी खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता पनि हो । प्रतियोगिताको तारकेश्वर नगरपालिका वडा नं ८ पिपलचौरमा भव्य कार्यक्रमका बिच उदघाटन हुनेछ । उदघाटन पुर्व नगरपालिकाको कार्यालयबाट बाजागाजा, झाँकी र मार्चपास सहित कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ । मार्चपासमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित जनप्रतिनिधि, खेलाडी, नगरप्रहरी, नगरवासी लगायतको उपस्थीति रहने तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य एवं खेलकुद उपसमितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले मेयर रनिङ शिल्ड प्रतियोगिताले खेलकुदको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सौहादता सहकार्य, समन्वय र एकता भाव अभिबृद्धि भई विद्यालयहरु बिच स्वस्थ्य प्रतिष्पर्धा, असल अध्यासहरु आदान प्रदान गर्ने उपयुक्त वातावरण तयार हुने बिषयमा नगरपालिका आशाबादी रहेको बताउनुभयो । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्