काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्तीमार्फत राष्ट्रपतिको प्रोस्टेट सम्बन्धी उपचारका लागि भर्ना गरिएको जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना


प्रतिक्रिया दिनुहोस्