तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मानसिंह धर्म मा.वि बिजयी

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । “खेल तारकेश्वरको ः सन्देश एकताको” भन्ने मुल नाराका साथ हिजो मंसिर १८ गते देखि सुरु भएको तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिताको जारी खेलमा मानसिंह स्कुलद्धारा गिनिज पव्लीक स्कुल पराजीत भएको छ । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लालिगुराँस नेश्नल एकेडेमिमा सुरु भएको बास्केटबल प्रतियोगितामा मानसिंह स्कुलले ६ स्कोर सहित बिजयी भएको छ भने गिनिज पव्लीक स्कुलले ४ स्कोर प्राप्त गरेको छ ।
बास्केटबल प्रतियोगितामा विद्यार्थीहरुलाई हौसला दिनका लागि मानसिंह स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं १०का अध्यक्ष कुमार राई प्रतियोगिता स्थलमा पुगेर खेलाडीहरुलाई सुभकामना दिनुभएको थियो । सो अवसरमा तारकेश्वर १० का वडा सदस्य बिक्रम महर्जन तथा विद्यालयका शिक्षक तथा खेल प्रशिक्षकको समेत उपस्थीति रहेको थियो ।

No description available.

fdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्