तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको दोश्रो दिनकोे कवडी खेल सम्पन्न, तिन टिम सहभागी भएको प्रतियोगिता क कस्ले जिते ?

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज दोश्रो दिनको कवडी खेल सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स स्पोर्टस एकेडेमिमा भएको खेलमा पुरुष समुहका तिन टिमका खेलाडीहरु बिच प्रतिष्पर्धा भएको थियो । आज भएको पहिलो खेलमा साङलाको बालकुमारी मा.वि एक प्वाइन्टले बिजयी भएको छ । बालकुमारी मा.वि र गिनिज पव्लीक स्कुल बिच भएको खेलमा बालकुमारीले २९ प्वाइन्ट सहित बिजयी भयो भने गिनिज पब्लीक स्कुलले २८ प्वाइन्ट प्राप्त गरेको कवडीका मुख्य निर्णायक, अन्तराष्ट्रिय रेफ्रि हिमाल रञ्जीतले बताउनुभयो ।
त्यस्तै कवडीको आज भएको दोश्रो खेलमा मानसिंह धर्म मा.वि बिजयी भएको छ । मानसिंह धर्म मा.वि र काभ्रेस्थली बिच भएको प्रतिष्पर्धामा मानसिंहले ५२ स्कोर सहित बिजयी बन्यो भने काभ्रेस्थलीले ३० स्कोर प्राप्त गर्यो ।
त्यस्तै कवडीको आज भएको अन्तीम खेलमा नेपाल राष्ट्रिय मा.वि बिजयी भएको छ । रोजमेरी आईडल बोडिङ स्कुलसंग भएको खेलमा राष्ट्रिय मा.बिले ६२ स्कोर सहित बिजयी बन्यो भने रोजमेरीले २९ स्कोर प्राप्त गर्यो ।
“खेल तारकेश्वरको ः सन्देश एकताको” भन्ने मुल नाराका साथ हिजो देखि सुरु तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत भोली महिला टिमहरु बिच प्रतिष्पर्धा हुने कवडी खेलका संयोजक हरिकृष्ण अर्यालले जानकारी दिनुभयो । हिजो देखि मेयर कप सुरु भएपनि कवडी खेल भने आज देखि सुरु भएको हो । आज देखि सुरु भएको कवडी खेलको तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिरबहादुर खड्काले सिट्ठी बजाएर सुभारम्भ गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्