तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको भलिबलका ७ खेल सम्पन्न, कुन खेलमा कस्ले जिते ?

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज दोश्रो दिनको भलिबलका ७ खेल सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत ४ छात्र र ३ छात्राका खेलहरु समन्न भएका भलिब खेलका संयोजक लोकेन्द्र बहादुर खड्काले बताउनुभयो ।
छात्र तर्फ भएको ४ खेलमा लालिगुराँस नेश्नल एकेडेमीले रोजमेरी आईडल स्कुललाई पराजीत गरयो । त्यस्तै पुरानो गुहेश्वरीले कुञ्ची प्वाकल मा.बि, काभ्रेस्थली मा.विले ल्याण्डमार्कलाई पराजीत गर्यो ।
त्यस्तै छात्रा तर्फ प्रारम्भ स्कुलले नागार्जुन मा.विलाई र मानसिंह स्कुलले काभ्रेस्थली मा.विलाई पराजीत गरेको छ । त्यस्तै कौसर स्कुलले नागार्जुन मा.वि बिच भएको खेलमा कौसर स्कुल बिजयी भएको छ ।
भलिबल खेल तारकेश्वर ९ इन्द्रायणी पुल स्थीत एन्जल्स स्पोर्टस एकेडेमिमा भएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्