जाजरकोट, जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।मध्य पहाडी लोकमार्गमा काकीगाँउबाट कुदुतर्फ आउँदै गरेको जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा गाडि चालक कैलाली घर भई भएका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ ।यसैगरी, दाङको घोराही उपमहानगरपालिका ८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते हुनुभएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले घटनाको जानकारी आउने वित्तिकै प्रहरी घटनास्थलबाट घाइते र मृतकलाई जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको बताउनुभयो । घाइते चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्