काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सरकारी कागजात किर्ते गरेर अनुचित लाभ लिएको भन्दै अख्तियारले सोमबार सिलवालविरुद्ध मुद्दा दायर गरेको हो ।
सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ गतेबाट ६६औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही ९ महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अभियोगपत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्