रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २५ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

रौतहट, रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मृतक अधिकांशको सनाखत हुन बाँकी छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्