काठमाडौँ उपत्यकामा आज (मंसिर २५ गते) यस वर्षकै चिसो

Sagarmatha Post
Sagarmatha Post २५ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ , काठमाडौँ उपत्यकामा आज (मंसिर २५ गते) यस वर्ष (२०८१) अन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाको तापक्रम विवरणअनुसार काठमाडौँको न्यूनतम तापक्रम आज यस वर्षको अहिलेसम्मकै कम ५.५ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि यो वर्षभित्र काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियससम्म मात्र झरेको थियो । यही डिसेम्बर १ देखि नेपालमा हिउँद लागेको छ । त्यसैले चिसो बढिरहेको हो । काठमाडौँमा यस वर्ष पहिलो हिउँदे वर्षा सोमबार भएको थियो । त्यसैले तापक्रम घट्दै चिसो बढेको हो । मौसम महाशाखाको सूचीमा आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा -६.१ डिग्री सेल्सियस छ ।

महाशाखाका अनुसार आज डडेल्धुराको न्यूनतम तापक्रम पनि माइनसमा झरेको छ । आज बिहान त्यहाँको न्यूनतम तापक्रम (०।१ डिग्री सेल्सियसमा झरेको महाशाखाले जानकारी दिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्