सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नु पर्ने शिक्षाविद्को सुझाव

Sagarmatha Post
Sagarmatha Post २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नु पर्ने शिक्षाविद्ले सुझाव दिएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफल जारी रहेको विद्यालय शिक्षा विधेयकमाथि सुझाव लिन विज्ञहरूसहितको बैठकमा  शिक्षाविद् डा.केदारभक्त माथेमाले दलगत राजनीतिक आबद्धताका कारण सार्वजनिक शिक्षा धरासायी भएको भन्दै  तलब भत्ता, पेन्सन जस्ता सुविधाहरू राज्यले उपलब्ध गराउँदा पनि सामुदायिक विद्यालयका शिक्षकले नतिजा मूलक कार्य गर्न नसक्नुको कारण दलगत आबद्धताले नै भएको दाबी गर्नुभयो ।  त्यसैगरी महाश्रम शर्मा, डाक्टर रोजनाथ पाण्डेलगायतका शिक्षाविदहरुले विद्यालय शिक्षाको अधिकार नजिकको सरकारको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्