नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छायो

Sagarmatha Post
Sagarmatha Post २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं, लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ ।बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो । यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक १.६३ प्रतिशतले, फाइनान्स १.६३ प्रतिशतले, होटेल तथा पर्यटन १.०५ प्रतिशतले, हाइड्रोपावर १.९६ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, जिवन बिमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशतले, लघुवित्त ०.४२ प्रतिशतले, निर्जीवन बिमा १.०३ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह १.५६ प्रतिशतले बढेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्