तारकेश्वर नगर प्याब्सनको अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन, तारकेश्वर प्याब्सन हाँक्ने यि हुन नवनिर्वाचीत कार्यसमिति

Sagarmatha Post
Sagarmatha Post २६ मंसिर २०८१, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर २६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) तारकेश्वर नगर कार्यसमितिको अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन हुनुभएकोछ ।

May be an image of 5 people, dais and text
तारकेश्वर नगर प्याब्सनको आज भएको तेश्रो अधिवेशनले बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्याब्सन तारकेश्वरका निर्वातमान उपाध्यक्ष रहनु भएका बुढाथोकी लालिगुराँस स्कुलका प्रिन्सीपलको रुपमा कार्यरत हुनुहुन्छ ।
तारकेश्वर नगर प्याव्सनको तेश्रो अधिवेशनले उपाध्यक्षमा नवराज न्यौपाने, सचिबमा झनक राज शर्मा, कोषाध्यक्षमा बद्रिनाथ भट्ट, सह सचिबहरुमा नारायण पोखरेल, राजेश रायमाझी र राधाकृष्ण अर्याल तथा सह–कोषाध्यक्षमा टक बहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जसु थापा, अवसर पौडेल, श्यामकृष्ण भेटुवाल, राजेन्द्र पाण्डे, थिर बहादुर बस्नेत चयन हुनुभएकोछ । त्यस्तै तारकेश्वर नगर प्याव्सनको नवनिर्वाचीत कार्यसमितिले विधान अनुसार ३ जना कार्यसमिति सदस्य समेत सर्वसम्मत रुपमा चयन गरेकोछ । जस अनुसार मनोनीत सदस्यहरुमा डिपि दाहाल, महेश प्रसाद सिटौला र विराज कुमार राई रहनु भएकोछ । नवनिर्वाचीत कार्यसमितिलाई आजै निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ खुवाएको छ ।
सर्वसम्मत चयन भएपछि नवनिर्वाचीत अध्यक्ष गोपला बुढाथोकीले तारकेश्वरको शैक्षिक उन्नयनका लागि हातेमालो गरेर अगाडी बढने बताउनुभयो ।
निर्वतमान अध्यक्ष धन बहादुर पुनका कार्यकालमा तारकेश्वर प्याव्सनमा निकै उल्लेखनीय कामहरु भएको बताँउदै नवनिर्वाचीत अध्यक्ष बुढाथोकीले निर्वातमान अध्यक्ष तथा कार्यसमितिले अघि सारेका अधुरा कामहरुलाई पुरा गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । आफु एक कार्यकाल मात्र अध्यक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गदै नवनिर्वाचीत अध्यक्ष बुढाथोकीले वर्तमान उपाध्यक्ष नवराज न्यौपानेको त्यागलाई सम्मान गदै आगामी कार्यकालका लागि अध्यक्षमा चयन गराउन आफुले भुमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष धन बहादुर पुनले तारकेश्वर नगर प्याव्सनको अधिवेशनमा भएको सर्बसम्मतीले सकारात्मक सन्देश दिएको बताँउदै तारकेश्वर प्याब्सन एक ढिक्का भएर निजी क्षेत्रबाट लगानी गरेका सञ्चालकहरुको सम्पत्ती संरक्षणमा लागिपर्नुपर्ने बताउनुभयो ।

May be an image of 6 people and text

May be an image of 4 people, dais and text

May be an image of 4 people, temple, dais and text

ghgh

May be an image of 4 people, temple, dais and text

May be an image of 4 people, dais and text

May be an image of 6 people and text

fdgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्