जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २७ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो।

सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा (जिप चालक), अन्दाजी ६५ वर्षीया शिला पुन, अन्दाजी ३३ वर्षीया सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो।

उनीहरुको मृत्यु नलगाड नगर अस्पताल दल्लीमा उपचारको क्रममा भएको र शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जाजरकोटकाे नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको नगर अस्पताल दल्लीमै उपचार भइरहेको छ।

यस्तै, अर्का घाइते नलगाड नगरपालिका-७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

प्रहरीले एक्कासी ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेकाे अनुमान गरेकाे छ। जिप सडक बाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्