लोकतन्त्रको पूर्व सर्त शान्ति सुरक्षा : गृहमन्त्री रमेश लेखक

Sagarmatha Post
Sagarmatha Post २ पुष २०८१, मंगलवार
1 Min Read
Aa

रुपन्देही । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको पूर्व सर्त शान्ति सुरक्षा भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा भैरहवामा बोल्नुहुँदै गृहमन्त्री लेखकले मुलुकमा विधिको शासन स्थापना हुन सकेन भने लोकतन्त्रको अर्थ नभएको बत्ताउनुहुँदै लोकतन्त्रको पूर्व सर्त शान्ति सुरक्षा भएको बताउनुभयो ।  “यो व्यवस्था सुदृढीकरणका लागि हामी पहिलो जिम्मेवारी व्यक्ति हौँ । शान्ति सुरक्षा दिन सके बिकास निर्माणका काम  पनि अघि । पहिलो आधारभूत सर्त शान्ति सुरक्षा हो । ” गृहमन्त्री लेखकले भन्नुभयो ।

 सङ्घीय लोकतान्त्रिक गणतन्त्र साधन हो साध्य नभएको बताउँदै शान्ति सुरक्षा दिन नसके बिकास निर्माणका काम अघि बढ्न नसक्ने बताउनुभयो ।  यसका माध्यमले प्राप्त गर्ने दिगो शान्ति, बिकास र समृद्धि हो । शान्ति सुरक्षा भएन भने दिगो बिकास हुँदैन । हामीले प्राप्त गर्नको लागि शान्ति सुरक्षा अत्यावश्यक छ गृहमन्त्री लेखकले भन्नुभयो नागरिकलाई म सुरक्षित छु भन्ने अनुभूति हुनुपर्छ । संविधानको कार्यान्वयनका लागि हामी पहिलो जिम्मेवार नागरिक भएको गृहमन्त्री लेखकको भनाइ थियो ।  लोकतन्त्र भनेको अनुशासन भएकाले अराजकताको शासन नभएको गृहमन्त्री लेखकले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्