सिस्नेरी– दक्षिणकाली सडक आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक

Sagarmatha Post
Sagarmatha Post ३ पुष २०८१, बुधबार
1 Min Read
Aa

 काठमाडौँ, हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ , त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्