स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जना प्रहरीको नियन्त्रणमा

Sagarmatha Post
Sagarmatha Post ३ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं , काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित उनीहरूलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिइएको हो । काठमाडौँ महानगर ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगर १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, वडा नं.७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका ७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका ५ का २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई अवैध नगदसहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्