रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न तयार

Sagarmatha Post
Sagarmatha Post ५ पुष २०८१, शुक्रबार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

मस्को,  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ । जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लाग्नुभएका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो । ट्रम्पको आह्वानले किएभमा उहाँले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।

वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा ७२ वर्षीय उहाँले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताउनुभएको थियो । उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताउनुभएको हो । रासस/एएफपी

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्