मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त

Sagarmatha Post
Sagarmatha Post ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa

मोरङ, मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले दुहवी नगरपालिका–५ का पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्