स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Sagarmatha Post
Sagarmatha Post १६ पुष २०८१, मंगलवार
1 Min Read
Aa

स्याङ्जा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूले २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरको आरोप छ ।

अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटालार्य प्रतिवादी बनाइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्