एमसीसीको सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग स्वीकृत

Sagarmatha Post
Sagarmatha Post १९ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । एमसीसी बोर्डका अनुसार योसँगै नेपाल कम्प्याक्टको कूल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर पुग्ने भएको छ । अब यो थप सहयोग प्रस्ताव नेपाल सरकारको स्वीकृतिका लागि पठाइनेछ ।

एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, ‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ ।’ मिलेनियम च्यालेन्ज कर्पोरेसन आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्न कार्यरत अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।

नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ । बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्