भद्रपुर उडान भरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाईभर्ट

Sagarmatha Post
Sagarmatha Post २२ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँबाट भद्रपुर उडान भरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरको उडान नम्बर ९५३ को कल साईन ९एन एजेएस को दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएपछि त्यसलाई पुनः काठमाडौँतर्फ डाईभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिसकेको छ । जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्