इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई अनुमति लिनका लागि सूचना जारी :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Sagarmatha Post
Sagarmatha Post २४ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो । कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरू नवीकरणबिना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरू मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्