कास्की, कास्की जिल्ला अदालतले रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीलाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश


प्रतिक्रिया दिनुहोस्