काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं.३ ले राष्ट्रिय परिचयपत्र कार्ड (National ID Card) वितरण गर्ने अवधि थप गरेको छ ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि वडा बासीको सुविधाको लागि मध्यनजर गर्दै १० दिन थप गरिएको अध्यक्ष परशुराम अर्यालले जानकारी दिनु भएको छ ।
”हामीले पुस मसान्त भित्रै नै राष्ट्रिय परिचयपत्र वितरण गरेर सक्ने योजनामा थियौ, सोही अनुसार काम पनि अगाडि बढेको थियो तर समयको पावबन्दीका कारण तोकिएको मिति भित्र नसकिएकोले आउने माघ १० गतेसम्मलाई वितरण मिति थप गरेका छौ ” अध्यक्ष अर्यालले जानकारी दिनु भएको छ।
साथै राष्ट्रिय परिचयपत्र लिन आउदा आवश्यक कागजात सहित उपस्थित हुन वडाबासीलाई आग्रह गरिएको छ । विद्युतीय प्रणालीमार्फत सबै नागरिकको डिजिटल अभिलेख तयार पारी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा शान्ति सुरक्षा र विकास निमार्णमा आबद्ध गर्दै सुशासन प्रवर्द्धनमामा सघाउ पुर्याउन राज्यले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्