सार्वजनिक सेवा प्रसारण- पिएसबी आजदेखी सार्वजनिक

Sagarmatha Post
Sagarmatha Post १ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण- पिएसबी (रेडियो नेपाल र नेपाल टेलिभिजन ) को आधिकारिक(अफिसियल) वेबसाइट www.psbnepal.gov.np आजदेखी सार्वजनिक भएको छ । पिएसबीको पूर्भारम्भ समारोहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्बी सुब्बा गुरुङले वेबसाइट सार्वजनिक गर्नुभएको हो ।वेबसाइटमार्फत पिएसबीको संस्थागत सूचना र गतिविधि , ऐन, कानूनलगायतका विषयमा जानकारी पाउन सकिन्छ ।यो वेबसाइटको अङ्ग्रेजी भर्सन पनि चाडै नै सार्वजनिक हुने पिएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले जानकारी दिनुभयो ।यो वेबसाइट हाललाई प्रारम्भिक भएको र यसको विस्तारको कार्य भइरहेकोले चाडै नै पूर्णरुपमा आउने छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्