काठमाडौँ । प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।
महंगी तथा भ्रष्टाचार बढाएको र संसद्लाई बाइपास गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूको छ । अध्यादेश ल्याउने सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ को रुपमा व्याख्या गरेको छ ।


प्रतिक्रिया दिनुहोस्