साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ । नेतान्याहुले हमाससँगको विगत १५ महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेस गर्नुभयो । त्यस क्रममा हमासका नेता याह्या सिनवारको हत्या सहितको रूपरेखा प्रस्तुत गर्दै नेतान्याहुले मध्य पूर्वमा हमास विश्व समुदायबाट एक्लिएको बताउनु भयो ।
आजबाट इजरायल-हमासबीच युद्धविराम,यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी


प्रतिक्रिया दिनुहोस्