मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुन : सञ्चालनमा

Sagarmatha Post
Sagarmatha Post ८ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएका छन् । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डीएसपी अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत पु ७ गते र पुस २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको डीएसपी अर्यालले बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्