ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा इनड्राइभका एकजना चालक पक्राउ

Sagarmatha Post
Sagarmatha Post ९ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ ।  ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। बराललाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ अधिकारीले भने। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्