भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post १० माघ २०८१, बिहीबार
1 Min Read
Aa

जलगाउँ, महाराष्ट्र। भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा तीन नेपाली नागरिकहरू छन्। मृतक नेपालीहरूमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन्।

अरू मृतकमा चार जना भारतीय नागरिक रहेका छन्, तर उनीहरूको पहिचान हुन सकेको छैन। घाइतेहरूको उपचार स्थानीय पाचोरा ग्रामीण अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। समाचारअनुसार, दुर्घटना हुँदा यात्रुहरूलाई आगो लाग्ने डरले रेलको ट्र्याकको अर्को पाटोमा हाम फालेको थियो, र त्यस क्रममा अर्को रेलसँग ठोक्किँदा केही व्यक्तिको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्