अमेरिकाले विदेश नीतिको समीक्षा नभएसम्म विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध

Sagarmatha Post
Sagarmatha Post १२ माघ २०८१, शनिबार
1 Min Read
Aa

अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको ज्ञापनपत्र (मेमो)अनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ। चुहावट भएको यो सूचना सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशपछि आएको हो। यसमा विदेश नीतिको समीक्षा नभएसम्म ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ।

संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। २०२३ को सरकारी तथ्यांकअनुसार, अमेरिकाले वैदेशिक सहायतामा ६८ अर्ब डलर खर्च गर्छ। अमेरिकी विदेश विभागको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबैतिर लागू हुनेछ।

विदेश विभागले जारी गरेको ज्ञापनपत्रमा इजरायल र इजिप्टलाई आपत्‌कालीन खाद्य सहायता र सैन्य सहायतालाई अपवादका रूपमा समावेश गरिएको छैन। चुहावट भएको मेमो पुष्टि भएको बीबीसीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्