धर्मस्थली बजारको देऊता घरमा रहेको जात्रा गर्ने प्राचीन पृकुनको मुर्तीहरु चोरी

Sagarmatha Post
Sagarmatha Post १५ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीमा प्राचीन पृकुनको मुर्तीहरु चोरी भएको छ । गएराती १२ः३० बजे धमाथु धर्मस्थली बजारको देऊता घरमा रहेको जात्रा गर्ने प्राचीन पृकुनको मुर्तीहरु चोरी भएको तारकेश्व नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार ३ जनाको समुहमा आएका चोरहरुले उक्त मुर्ती चोरी गरि फरार भएका हुन् । स्थानीय जात्रामा उक्त मुर्तीहरुलाई खटमा राखेर घुमाईने गरिएको थियो । चोरी गदै गरेको अवस्थामा राती स्थानीय युवासंग चोरहरुको भिडन्त समेत भएको छ । वडा अध्यक्ष श्रेष्ठले यस घटनामा संलग्न कोही शंकास्पद व्यक्तीहरु देखा परेमा प्रहरीलाई १०० नम्बरमा कल गरिदिन आग्रह गर्नुभयो । रातको समयमा चोरी भएकाले आज विहान बजार आसपासका क्षेत्रमा रहेका सिसिक्यामेराका फुटेजहरु हेरेर चोरी गर्नेहरुको खोजी कार्य हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

May be an image of candle holder, temple and text

May be an image of temple

xc

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्