सरकारले जारी गरेको अध्यादेश  फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post १५ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले जारी गरेको अध्यादेश  फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ । सरकारले सिफारिस गरेर राष्ट्रपतिले हालै जारी गर्नुभएको  अध्यादेश  कार्यान्वयनका लागि नियमावली बनाउने काम भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सवा गुरुङले जानकारी दिनुभयो ।  यही माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनकै दिन सरकारले हालै जारी गरेका अध्यादेशहरू संसदमा पेश गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको  बैठकले सहिद सप्ताहको अन्तिम दिन भोलि सहिद दिवस सरकारी तवरबाट मनाउने निर्णय पनि गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्