नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा युवा व्यवसायी धुर्ब तिवारी सम्मानित

Sagarmatha Post
Sagarmatha Post १६ माघ २०८१, बुधबार
1 Min Read
Aa

युएई । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा युवा व्यवसायी धुर्ब तिवारी सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय युवा व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले तिवारीलाई सम्मान गरेका हुन् ।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा तिवारी विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । प्रखर वक्ता, तिवारी दुग्धजन्य लगाएत अन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् । सम्मानप्रति आभार व्यक्त गर्दै तिवारीले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे। उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्