पहिलो अन्तर विद्यालय योगासना प्रतियोगिताको उपाधी आयोजक रोजमेरी आईडलले जित्यो

Sagarmatha Post
Sagarmatha Post १६ माघ २०८१, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माघ १६ । पहिलो अन्तर विद्यालय योगासना प्रतियोगिताको उपाधी रोजमेरी आईडल बोडिङ स्कुलले जितेको छ ।
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुंङ स्थीत रोजमेरी आईडल स्कुलको आयोजनामा आज सम्पन्न भएको प्रतियोगितामा काठमाण्डौं उपत्याकाका २० विद्यालयका ७८ विद्यार्थीहरु सहभागी भएका थिए ।
आयोजक रोजमेरी आईडल स्कुलको घरेलु मैदानमा आज विहान सम्पन्न योगासना प्रतियोगितामा रोजमेरीले ३ स्वर्ण, एक रजत र एक कास्य गरि ५ पदक सहित प्रतियोगिताको उपाधी जितेको हो । त्यस्तै डिएभी स्कुलले १ स्वर्ण, तिन रजत र एक कास्य सहित दोश्रो र एशीया प्यासीफिक स्कुलले एक स्वर्ण र एक कास्य सहित तेश्रो भएको छ ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई नेपाल योग खेलकुंद संघका केन्द्रीय अध्यक्ष प्रो. डा. सूर्य बहादुर कार्की, रोजमेरी आईडल बोडिङ स्कुलका अध्यक्ष सुरज महर्जन र प्रिन्सीपल डि.पी दाहालले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।
स्कुल प्राङगणमा आयोजना गरिएको प्रतियोगिताको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले उदघाटन गर्नुभएको थियो । गमलामा पानी राखेर कार्यक्रमको उदघाटन गदै नगरप्रमुख महर्जनले सहभागी विद्यार्थीहरुलाई बधाई र सुभकामना दिनुभयो ।

May be an image of 5 people, suit, crowd and text

May be an image of 8 people and text
उदघाटन कार्यक्रममा तारकेश्वर नगरप्याव्सनका अध्यक्ष गोपाल बुढाथोकीले विद्यालय स्तरमा योगासन प्रतियोगिता हुन सुखद रहेको बताँउदै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।
त्यस्तै नेपाल योग खेलकुंद संघका केन्द्रीय अध्यक्ष प्रो. डा. सूर्य बहादुर कार्की र संघका सचिब परशुराम आचार्यले काठमाण्डौंमानै पहिलो पटक अन्तर विद्यालय योगासना प्रतियोगिता गरेर रोजमेरीले इतिहाँस रचेको बताँउदै यस्ता प्रतियोगिताले बालबालीकाको शैक्षिक बिकासका निम्ती सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक डि.पी दाहालले स्वागत गदै प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक स्तर बृद्धि गर्न सहयोग पुग्ने विश्वास गर्नुभयो ।
रोजमेरी आईडल बोडिङ स्कुलका अध्यक्ष सुरज महर्जनका सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, तारकेश्र नगर प्याव्सनका सचिब एवं तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष जनकराज शर्मा, नेपाल योग खेलकुद संघ बाग्मती प्रदेशका सदस्य चन्द्र प्रसाद सापकोटा, संघका तारकेश्वर अध्यक्ष रामकुमार ढकाल, रोजमेरी आईडल बोडिङ स्कुलका शैक्षिक सल्लाहकार विष्णु पनेरु लगायतको उपस्थीीत रहेको थियो ।
पहिलो पटक आयोजना गरिएको अन्तर विद्यालय योगासना प्रतियोगिताको निर्णायकको भुमिकामा अन्तराष्ट्रिय निर्णायक, त्रिविविका प्रोफेसर एवं नेचुरोपेथीक अस्पतालका फाउण्डर डा. आनन्द गैरे, नेपाल योगा खेलकुंद संघ बाग्मती प्रदेशका अध्यक्ष केदारनाथ बस्ताकोटी र योग गुरु विद्या आचार्य रहनु भएको थियो ।

May be an image of 3 people, people practicing yoga and text

May be an image of 2 people, people practicing yoga and text

May be an image of 6 people and text

df

May be an image of 1 person, practicing yoga and activewear

May be an image of 5 people, people practicing yoga, dais and text

May be an image of 2 people, people practicing yoga and activewear

May be an image of 2 people, people practicing yoga and text

May be an image of 1 person, practicing yoga and text

May be an image of 3 people, child, people practicing yoga and people performing martial arts

May be an image of 1 person, performing martial arts and swimming

May be an image of 1 person, practicing yoga, dancing, trampoline and text

May be an image of 5 people and text

May be an image of 5 people, dais and text

May be an image of 5 people, child and text

May be an image of 7 people and text

May be an image of 6 people and text

sdsd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्