भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो । सञ्चारमन्त्री गुरुङका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको छ ।  उक्त बाल अदालत २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्