काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

Sagarmatha Post
Sagarmatha Post २१ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल ९चाबहिल० वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध  हुने छ ।

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातो पुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकोमा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्