नेप्से परिसूचक : सोमबार झिनो अंकले बढेर २७३० विन्दुमा बन्द

Sagarmatha Post
Sagarmatha Post २१ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो । कारोबार रकममा भने कमी आएको छ । आइतबारको तुलनामा सेयर कारोबार रकममा एक अर्ब सात करोड रुपैयाँले कमी आएको हो । यस दिन ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

सोमबार ९७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी सात समूहको परिसूचक बढेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्