रबिन थपलिया । काठमाण्डौं । माघ २१ । उच्च माध्यामिक शिक्षालय संघ (हिसान) तारकेश्वरको आयोजनामा भएको भलिबल प्रतियोगिताको उपाधी एन्जल्सहार्ट सेकेन्डरी उच्च मा.वि र हिमरश्मी उच्च मा.विले जितेका छन् ।
प्रतियोगिताको पुरुष तर्फ एन्जल्सहार्ट उच्च मा.वि र महिला तर्फ हिम रश्मीले उपाधी जितेको हो । तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुल स्तीत एन्जल्स स्पोर्टस एकेडेमीमा यहि माघ १८ गते देखि २१ गते सम्म चलेको प्रतियोगितामा हिसान तारकेश्वरमा आबद्ध १० उच्च मा.वि का १४ टिमको सहभागीता रहेको हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले बताउनुभयो ।

पुरुष तर्फ उपाधी बिजेता एन्जल्स हार्टले नगद रु ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने पुरुष तर्फ हिमरश्मी हाईस्कुल द्धितिय बन्यो । हिमरश्मी टिमले नगद रु ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै पुरुष तर्फ तृतिय स्थान सेक्रेटहाट हाईस्कुलले प्राप्त गर्यो । सेक्रेटहार्ट टिमले मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष तर्फको खेलमा बेस्ट प्लेयरको उपाधी एन्जल्सहार्टका प्रविण सुनुवारले प्राप्त गरे भने बेष्ट इटाईकर हिमरश्मीका केशर परियार र बेष्ट ब्लकरको उपाधी एन्जल्सहार्टका तुलसी सुनुवारले जिते ।


त्यस्तै महिला भलिबलको उपाधी हिमरश्मीले जितेको छ । फाईनल खेलमा लालिगुराँस नेश्नल एकेडेमीलाई हराएर हिमरश्मीले उपाधी जितेको हो । उपाधी बिजेता हिमरश्मीले नगद रु ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै महिला भलिबल प्रतियोगितामा लालिगुराँस नेश्नल एकेडेमीले द्धितिय स्थान हाँसील गरेको छ । लालिगुराँसले नगद रु ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तृतीय स्थान भने एन्जल्स हार्टले जितेको छ । एन्जल्सहार्टले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला भलिबल खेलमा बेष्ट प्लेयरको उपाधी हिमरश्मीकी एलीना रसाईलीले जितीन भने बेष्ट स्पाईकर लालिगुराँसकी अनिसा थारु र बेष्ट सरबर एन्जल्सहार्टकी सेर पुजाले जितिन् ।
तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुल स्तीत एन्जल्स स्पोर्टस एकेडेमीमा आयोजीत समापन समारोहका प्रमुख अतिथि प्रा.डा. श्याम बिष्टले बिजेता टिमहरुलाई नगद, ट्रफी र प्रमाणपत्र बितरण गर्नुभयो । समापन समारोहमा हिसान टोखाका अध्यक्ष राजन अधिकारी, प्याव्सनका काठमाण्डौं जिल्ला उपाध्यक्ष धन बहादु पुन, तारकेश्वर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकी, उपाध्यक्ष शिव अर्याल, सह कोषाध्यक्ष टक बहादुर थापा, भिमसेन क्याम्पस बाग्लुङका क्याम्पस प्रमुख बालकृष्ण कंडेल, अमृत स्कुलका प्रधानाध्यापक भक्त कुमार श्रेष्ठ, एन्जल्स स्पोर्टका अध्यक्ष खिम थापा, ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का, एन्जल्स हार्ट नेश्नल स्कुलका उपाध्यक्ष यम बहादुर छन्त्याल तथा सहायक प्रधानाध्यापक दिल बहादुर बुढाथोकी लगायतको उपस्थीति रहेको थियो ।
समापन समारोहमा हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले समारोह भव्यताका साथ सम्पन्न भएको बताँउदै प्रतियोगिता सम्पन्न गराउन भुमिका निर्वाह गर्ने सबै प्रति धन्यवात र आभार प्रकट गर्नुभयो ।







thth


प्रतिक्रिया दिनुहोस्