तारकेश्वर नगरपालिकामा आज देखि ‘एचपिभी खोप’ अभियान सुरु : पहिलो दिन एक हजार ५५२ जना किशोरीले खोप लगाए

Sagarmatha Post
Sagarmatha Post २२ माघ २०८१, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माघ २२ । ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत आज पहिलो दिन तारकेश्वर नगरपालिकाका १ हजार ५५२किशोरीले खोप लगाएका छन् । किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन तारकेश्वर नगरपालिकाले आजदेखि (माघ २२ गतेदेखि माघ ३० गतेसम्म) एचपिभी खोप अभियान सञ्चालन गरेको छ ।
जनस्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले भन्नुभयो “ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा आजदेखि (माघ २२ गतेदेखि फागुन ६ गतेसम्म) एचपिभी खोप अभियान सञ्चालन गरेको छ । तर हामीले यो अभियान अन्तर्गत आजदेखि माघ ३० गतेभित्र नै लक्षित किशोरीलाई खोप लगाउने कार्य सम्पन्न गर्ने गरी कार्यतालिका बनाएका छौँ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको किशोरीलाई एचपिभी खोप लगाउने नीति र अभियान अन्तर्गत तारकेश्वर नगरपालिकामा आवश्यक सबै तयारी पूरा गरेर खोप लगाउन सुरुआत गरेका छौँ ।” नगरपालिकाले सामुदायिक र सस्थागत दुवै विद्यालयमा, आफ्ना ३९ जना स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी मार्फत् आजदेखि माघ ३० गते भित्र किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाउने कार्यतालिका बनाएको जनस्वास्थ्य अधिकृत शाहले बताउनुभयो ।
खोप अभियानका लागि नगरपालिकाको ११ वटै वडामा ८९ वटा खोपकेन्द्रको व्यवस्था गरिएको छ । खोप अभियान अन्तर्गत विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका करिव ८ हजार ९० किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गणेश वहादुर कुँवरले कक्षा ६ देखि १० सम्मका सामुदायिक र सस्थागत विद्यालय र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई आजदेखि सुरु भएको खोप अभियानमा सहभागी भई खोप लगाउन आह्वान गर्नुभयो ।

May be an image of 8 people, braids, people studying and hospital
तारकेश्वर नगरपालिकाकाले आजदेखि सञ्चालन भएको एचपिभी खोप अभियानमा सहभागी भई निर्धक्कसाथ खोप लगाउन किशोरीहरुलाई आह्वान गरिएको छ ।नगरपालिकाले स्वस्थ्य नगरवासी बनाउन स्वास्थ्य सेवालाई उच्च प्राथमिता दिएको छ । ” एचपिभी खोप अभियानका क्रममा लक्षित सबै किशोरीलाई खोप पहुँचमा पुर्याउन आवश्यक तयारी गरिएको जानकारी दिनुहुँदै जीवन बचाउने र रक्षा गर्ने कार्य नै नगरपालिकाको पहिलो काम भएकैले ।एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई घटाउन सहयोग पुग्ने बताइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्