काठमाडौँ । नेपालको लगातार पाँचौँ हार व्यहोरेको छ । आज भएको खेलमा नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो । नेपालका लागि पूजा महतोले अविजित अर्धशतक बनाइन् । पूजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृङ्खलाकै उच्च व्यक्तिगत स्कोर हो । कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १/१ विकेट लिए । चौथो नम्बरमा ब्याटिङमा आएकी पूजाले शृङ्खलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पूजाको यो दोस्रो टी-२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्