थुनछेक बहस नसकिएपछि रवि लामिछाने प्रहरी हिरासतमा

Sagarmatha Post
Sagarmatha Post २३ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ । साहारा सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनमा सुरु भएको थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले लामिछानेलाई भोलि बिहान १०ः३० मा उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ  जिल्ला प्रहरी कार्यालय पठाइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनु भयो ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस नसकिएपछि भोलि पुनः बहस हुने भएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित हुनु भएको थियो । अदालतमा बयान सकिए लगत्तै आजै थुनछेक बहस सुरु भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्