ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते , दुई जनाको अवस्था गम्भीर

Sagarmatha Post
Sagarmatha Post २४ माघ २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौँ ।  कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्